Back to news
15 Feb 2024 | Press releases

काभ्रेपलाञ्चोक जिल्लाका ७ पालिकाले, मध्य पहाडी क्षेत्रमा व्याप्त पानीको समस्यालाई सम्बोधन गर्नका निम्ती , समुदायको नेतृत्वमा सो क्षेत्रका पानीका मुहानहरू संरक्षणका निम्ती समयमै पहल गरेका छन् ।

0 mins Read

70% Complete
२०२३ को सर्वेक्षणले नमोबुद्धका २०% मुहानहरू पहिले नै सुकेको तथा कारीब ६०% म बहाव कम हुँदै गएको देखाएको छ, जसका निम्ती नमोबुद्ध नगरपालिकाले समुदायको पानी आपूर्ति सुरक्षित गर्न उचित कदम कदम चालिरहेको छ। (तस्बिर: इसिमोड)

Read in english

काठमाडौँ, ३ फागुन : काभ्रेपलाञ्चोक जिल्लाका सात नगरपालिकाले मध्य पहाडी क्षेत्रमा बढ्दो पानीको असुरक्षालाई सम्बोधन गर्न , समुदायको नेतृत्वमा , समुदायका मुलहरुको पहिचान, अवस्थाको मुल्यांकन तथा सन्कटासन्न  मुहानहरुको  पुनर्जीवित गर्ने नयाँ अभियानमा एक्क्यबद्धता जनाउदैं समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । नमोबुद्ध, पनौती, धुलिखेल, पाँचखाल नगरपालिका  तथा  रोशी, बेथानचोक , तेमालका गाउँपालिकाले प्रकृतिमा आधारित समाधानका माध्यमबाट मुलाधार संरक्षण कार्यक्रमका निम्ती अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग आशय पत्रमा हस्ताक्षर गरेका छन् ।

हिन्दुकुश हिमालय (HKH) क्षेत्रमा रहेका लगभग ९० लाख मुहानहरूले पानीको महत्त्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन्। तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन, र भूमि प्रयोग परिवर्तन जस्ता जल्दाबल्दा समस्याका  कारण पानीका मुहानहरू जोखिममा पर्दै गइरहेका छन्। यस परिस्थिअतिमा बढ्दो सडक निर्माण ले निम्त्याउने  भु-क्षय   र चट्टान अस्थिरताले जोखिमलाई थप बढावा दिएको पाइन्छ ।  नामोबुद्ध नगरपालिकामा ४४४ मुहानको २०२३ मा गरिएको सर्वेक्षणले देखाए  अनुरुप २० प्रतिशत मुहानहरू सुकिसकेको अवस्थामा छन भने प्रायस: मुहानमा  पानीको प्रवाहमा कमी आएको  देखाएको छ।

इसिमोड द्वारा हिन्दू कुश हिमालयमा क्षेत्रमा  संचालित मुलाधार व्यवस्थापनका उदाहरणिय मुल संरक्षण तथा पुनरुत्थानका कार्यक्रमहरुमा स्थानीय सरकारहरूको ऐतिहासिक सम्झौताद्वारा देखाएको ऐक्केबद्धताले अन्य नगरपालिकाहरूलाई पनि आफ्नो बजेट र योजनामा मुलाधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने जलश्रोतविदहरूले विश्वास व्यक्त गरेका छन्।

इसिमोडका मूलाधार व्यवस्थापन प्रबन्धक निर्देशक संजीव भुचरजीले भने “हिन्दुकुश हिमालयमा पानीको मुहान क्रमश सुक्दै जानु आजको प्रमुख समस्या हो, तर अहिलेसम्म यस विषयमा पर्याप्त ध्यान वा लगानी आएको छैन। यसर्थ पहाडी समुदायको पिउने पानी, गाईवस्तुका लागि पानी र बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु,  पानीको विवादहरू न्युनिकरण गर्नु अहिलेको मुलभुत आवस्यकता हो ।”

यस विषयमा थप प्रकाश पार्दै सन्जिव भुचरले भन्नुभयो ” मध्य पहाडी भु भागका समुदायको, विषेशगरी पानी संकलनम नेतृत्वोदाइ भूमिका खेलिरहेका महिला तथा किशोरिहरुको, सहजताका निम्ती मुल तथा मुहानहरुको पुनरुत्थान लाई समुदाय स्तरमा सम्भव गराउन सक्नु हाम्रा निम्ती खुशिको खबर हो । यो हाम्रो प्रयासमा स्थानिय सरकारको पनि चासो र समर्थन हुनु र काभ्रेपलान्चोक जिल्लाका पालिकाहरुले लिएको अग्रसरताले हामिलाई थप उर्जा प्रदान गरेको छ ।”

आजको यस  समझौता अन्तर्गत, इसिमोडले पानीको मुहानहरूको स्थान र स्थितिको विवरण सहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनको आधारमा पुनर्भरण क्षेत्र पहिचान, सुधारिएको मुहानहरूको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सह-लाभहरूको मूल्यांकनजस्ता गतिविधिहरु कार्यान्वयन गर्नका लागि सहायता गर्नेछ। पहिलेका सिकाइ यि सात पालिकामा लागु गरिए जस्तै सात बाट अरु धेरै पालिका हुँदै देशै भरी मुल तथा मुहान सम्रक्षण सम्बर्धन्नार्थ सहकार्य गर्दै जाने दिर्घकालिन लक्ष राखिएको छ ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले भन्नुभयो “पानीको असुरक्षा त्यसको समुदाय (मानिस, जीविकोपार्जन र जैविक विविधता) मा प्रभाव र यसको प्रभावलाई न्युनिकरण गर्नु, हिन्दुकुश हिमालय (HKH) क्षेत्रमा रहेका  सबै आठ सदस्य राष्ट्रहरूले प्रमुख चिन्ताको रूपमा रहेको छ । त्यसैले अहिले हामीले यसलाई हाम्रो कामको मुख्य केन्द्रविन्दु बनाएका छौं। यस क्षेत्रमा थप पानीको संकटलाई सम्बोधन गर्न र भोली आउने संकटलाई न्युनिकरण गर्नका निम्ती काभ्रेपलाञ्चोक जिल्लाका पालिका हरूले यी सामाजिक तथा लैङ्गिक समावेशी समाधान उपायहरु अवलम्ब मा सहकार्य गरेको देख्दा अत्यन्त हर्षित बनाएको छ ।”

सोही कार्यको निरन्तरता स्वरुप Foreign Commonwealth and Development Office (FCDO), UK को आर्थिक सहयोगमा सन्चालित Himalayan Resilience Enabling Action Programme (HIREAP) कार्यक्रमअन्तर्गत प्रकृतिमा आधारित समाधान (NbS) को विश्वव्यापी मापदण्ड   अनुरुप, नगरपालिका तथा  साझेदारहरु संग सहकार्य  गर्दै करीब ७५०  वर्ग कि मि क्षेत्रफलको बृहतरुपमा मुलाधार  व्यवस्थापन गतिविधिहरू विस्तार गर्न लागिएको छ ।

इसिमोडको मुल तथा मुलाधार सम्रक्षण, हिमालयन रेजिलियन्स इनेबलिङ एक्शन प्रोग्राम (HI-REAP) को एक पाटो हो, जसलाई बेलायती सरकारको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (FCDO) ले आफ्नो क्लाइमेट एक्सन फर रिसिलियन्ट एसिया (CARA) पहलको आर्थिक सहयोगमा सन्चालन गरिएको कार्यक्रम हो। यसमा विश्वभरि जल विपन्नाताका न्युनिकरणका क्षेत्रमा काम गर्ने  सामाजिक संस्था फ्र्याङ्क वाटरबाट पनि सहयोग गरिएको छ। यो आयोजना नेपाल, नर्वे र स्वीडेन सरकारहरूद्वारा समर्थित गरिएको सहनशील पर्वतीय समाधान पहलको कार्यक्रमको निरन्तरताको रुपमा पनि अघी बढेको छ ।

HI-REAP ले स्थानीय सरकार, समुदाय, निजी क्षेत्र तथा सम्पुर्ण सरोकार्वालाहरुलाई समेट्दै  बाँकी वाणिज्यिक क्षेत्रलाई यी मुल तथा मुलाधार सम्रक्षणर व्यवस्थापनका गतिविधिमा समेटेर दिगो तथा दिर्घकालिन समाधानमा टेवा पुर्याउने लक्ष राखेको छ ।

कार्यक्रममा बोल्दै नमोबुद्ध नगरपालिकाका मेयर कुनसाङ लामाले जोड दिए, “हाम्रो जिल्लाका सुक्खा मुहानलाई पुनर्जीवित गर्न सात वटा नगरपालिकाका मेरा सबै साथीहरूलाई हात मिलाएर एकजुट हुन आग्रह गर्दछु ।” उपस्थित सम्पुर्ण पालिका प्रमुखहरुले यस कार्यमा आफ्नो तर्फबाट हुन सक्ने सहयोग र सहकार्यका निम्ती प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

Stay current

Stay up to date on what’s happening around the HKH with our most recent publications and find out how you can help by subscribing to our mailing list.

Sign Up
14 Mar 2018 Press releases
Tackling poverty in a rapidly changing world: Experts recommend a collective response to common ecosystem risks

South Asia faces the challenge of tackling persistent poverty at a time of rapid and large-scale changes in social, environmental, ...

20 May 2011 Press releases
South Asia media workshop calls for better understanding and increased attention on adaptation to climate change

Dhulikhel, Kathmandu Twenty-four media representatives from the South Asian countries of Bangladesh, Bhutan, India, Maldives, Nepal, 

21 Apr 2025 Press releases
Regional science-policy finance dialogue calls for stronger research and policy integration to build a greener, inclusive, and resilient South Asia

The regional science-policy finance dialogue brought together 57 policymakers, researchers, and development practitioners to align research priorities with policy needs ...

11 Aug 2016 Press releases
Research on adaptation and climate change in the Gandaki basin shared with key stakeholders in Nepal

[caption id="" align="aligncenter" width="560"] From left to right: Gehendra Gurung (Practical Action), Madhukar ...

28 Feb 2025 Press releases
Temperature rise causes flood risk and complexity to soar in high mountain asia – Scientists

Kathmandu - A new analysis of 1,015 floods in High Mountain Asia, just published in Science Bulletin, confirms a ...

8 Aug 2011 Press releases
Youth Forum prepares tomorrow’s leaders to address climate change adaptation and the mountain agenda

A week-long training and knowledge sharing workshop for young people from 17 Asian countries opened today in Kathmandu, helping to ...

28 Jul 2021 COP26
HKH2Glasgow: Hindu Kush Himalaya countries to raise a unified voice for mountains at COP26

Delegates from the eight Hindu Kush Himalaya (HKH) countries, including UNFCCC national ...

11 Aug 2017 Press releases
Experts emphasize climate-resilient and gender-smart agricultural practices and technologies

[caption id="attachment_7161" align="aligncenter" width="560"] Participants of the regional conference pose for a group ...