घोषणा


निलो/स्वच्छ आकाशको पुनर्स्थापना : सफा हावाका लागि हाम्रो अभियान


हिन्दूकुश हिमालय अहिले विश्वकै एउटा सबभन्दा धेरै प्रदूषित क्षेत्र भएको छ। हामी अरबौँ मानिसहरू सुरक्षित सीमा नाघिसकेको प्रदूषित वायुमा दिनहुँ श्वास फेरिरहेका छौँ।

विषाक्त वायुमा सास फेर्दा मानिसको स्वास्थ्यमा गम्भीर असर पुगी मृत्यु समेत हुनसक्छ। प्रदूषित वायु बालबालिका लागि झनै हानिकारक हुन्छ।

वायु प्रदूषणले मानिसको स्वास्थ्यमा असर पुर्‍याउने मात्र नभएर यसले बालीको उत्पादनसमेत घटाउँछ। वायु प्रदूषणले हिमाली क्षेत्रको हिउँ र बरफ पग्लने गतिलाई बढाएर पूरै एसिया महादेशको मनसुनको स्वरूप र वर्षाको वितरणमा प्रभाव पार्दछ। फलस्वरूप, यसले जल सुरक्षामा पनि चुनौती थपेको छ। प्राणी र वनस्पतिका लागि पनि वायु प्रदूषण हानिकारक छ।

हिन्दूकुश हिमालयको वायु गुणस्तरको बिग्रँदो प्रवृत्तिलाई रोक्नका लागि गर्न हामी सबैले हातेमालो गर्नु जरुरी भइसकेको छ, किनभने हामी सबैको स्वास्थ्यका लागि सफा हावामा सास फेर्नुको विकल्प छैन।

यस पटकको स्वच्छ हावा दिवसमा हामी इसिमोड स्वच्छ हावा पुरस्कारको घोषणा गर्दैछौँ।

हिन्दूकुश हिमालयको

स्वच्छ वायु च्याम्पियन बन्न

सबैलाई आह्वान

 

हामी हिन्दूकुश हिमायल क्षेत्रमा बसोबास गर्ने सबैले विश्व स्वास्थ्य संगठनको मापदण्ड वा त्योभन्दा राम्रो गुणस्तरको स्वच्छ हावामा सास फेर्न पाऊन् भन्ने चाहन्छौँ। त्यसैले, निलो/स्वच्छ आकाशको पुनर्स्थापनाका लागि हाम्रो क्षेत्रमा कार्य गरिरहेका समुदाय, व्यक्ति र सङ्घसंस्थाहरूको खोजी, पुरस्कृत र उत्सव मनाउन हामी लागिपरेका छौँ।

हामी स्वच्छ चुलो प्रवर्द्धन गर्ने उद्यमीहरूदेखि लिएर इँटाभट्टाका नवप्रवर्तक, हरित यातायात प्रवर्द्धनका अग्रणी व्यक्ति वा अभियन्ता, वायु गुणस्तर स्थापना गर्न कार्यरत नागरिक वैज्ञानिक र शून्य फोहोर उत्सर्जन हुने खेती क्रान्ति शुरु गर्नेहरू सबैको कुरा सुन्न चाहन्छौँ।

यसका लागि तपाईँहरूले आफ्नो परियोजना, अभियान वा पहल र यसले पारेका सकारात्मक प्रभावहरू उल्लेख गरी एउटा फाराम भर्नुपर्नेछ र यससँगै तपाईँको परियोजना वा परियोजनाका गतिविधिहरूमा काम गरिरहेको देखिने गरी एउटा भिडियो वा केही फोटोग्राफ पठाउनु पर्नेछ।

 

प्रथम, दोस्रो र तेस्रो हुने तीन जना विजेतालाई क्रमशः ५००, ३०० र २०० अमेरिकी डलर प्रदान गरिनेछ। उप-विजेताहरूलाई प्रमाणपत्र दिइनेछ र बाँकी सबै योग्य आवेदकहरूको विवरण हाम्रो वेवसाइटमा प्रकाशन गरिनेछ।

 

छनोट हुनका लागि तपाईँले गरेका काम इसिमोड क्षेत्रीय सदस्य राष्ट्रहरूभित्र गरेको हुनुपर्नेछ।

आवेदनका लागि अन्तिम मितिः २० नोभेम्बर २०२३। विजेताको घोषणा : ५ डिसेम्बर २०२३

 

योग्यता र पेश गर्नुपर्ने माध्यम/span>

इसिमोडको क्षेत्रीय सदस्य राष्ट्रहरूमा रहेका समुदाय, व्यक्ति र सङ्घसंस्थालाई दर्ता हुन आमन्त्रण गरिन्छ। पेश गरिएका विवरण अङ्ग्रेजीमा हुनुपर्छ र आवश्यकताअनुसार स्वीकार्य सबटाइटल राखिनुपर्छ।

यस प्रतियोगितामा सहभागी हुन तपाईंको विवरण यस फाराममार्फत पठाउनुहोस्।

थपजानकारी को लागि सम्पर्क गर्नु होला: debabrat.sukla@icimod.org

 

Exclusions

  • यस क्षेत्रको कुनै पनि स्थान वा समुदायको वास्तविक समय सन्दर्भ नभएका कोरा कल्पनामा आधारित कार्यसम्बन्धी विवरण स्वीकार गरिने छैन।
  • सांस्कृतिकरूपमा असंवेदनशील रहेको वा महिला, बालबालिका र सीमान्तकृत समुदाय स्पष्ट नदेखिने गरी खराब प्रकाशमा खिचिएका चित्रहरू स्वीकार गरिनेछैन।
  • इसिमोडका कर्मचारीहरूले यस प्रतियोगितामा भाग लिन पाउनेछैनन्।

पेश गरिएको कुनै पनि विवरणले वा विवरण पेश गर्नेको आचरणले यस प्रतियोगिताको मर्म वा भावनामा आँच पुर्‍याउने, माथिका शर्त वा अस्वीकार गरिने प्रावधानहरूको उल्लङ्घन गर्ने, वा तेस्रो पक्षको अधिकारको उल्लङ्घन हुने पाइएमा त्यस्तो प्रविष्ट विवरणलाई अयोग्य घोषित गर्ने अधिकार इसिमोडमा सुरक्षित रहेको छ। इसिमोडले गरेको निर्णय अन्तिम हुन्छ।

 

मूल्याङ्कनसम्बन्धी मापदण्ड

पेश गरिएका विवरणहरूको मूल्याङ्कन वायु गुणस्तर, जलवायु परिवर्तनको क्षेत्रका वैज्ञानिक विज्ञ र अनुभवी सम्पादकहरू सम्मिलित प्राविधिक समूहले गर्नेछ।

प्रविष्ट गरिएका विवरणको मूल्याङ्कन आधार : विश्वसनीयता, स्पष्टता, प्रभाव। यसअन्तर्गत गरिएका कार्यहरूको विवरण र ती कार्यहरूले स्वच्छ वातावरणमा कसरी योगदान गरेका छन् भन्ने कुरालाई हेरिन्छ।

Join this competition

Submit