Back to articles
21 Mar 2018 | Forests

सहर र सहरी वन

Laxmi Dutt Bhatta

0 mins Read

70% Complete

सयुक्त राष्ट्रसंघको आह्वानमा मार्च २१ लाई अन्तर्राष्ट्रिय वन दिवसकारूपमा आज विश्वभर मनाइँदैछ। ‘वन तथा दीगो सहर’ यो वर्षको मूल नारा हो। बढ्दो सहरीकरणसँगैै सहर अनि सहरवासीमा देखापर्दै गरेका कैँयन् समस्या, जस्तो ध्वनि तथा वायु प्रदूषण, जल प्रदूषण तथा यसबाट उत्पन्न रोग, अनि जलवायु परिवर्तन जस्ता विविध समस्या निराकरणमा वनको भूमिका महत्वपूर्ण रहेको परिवेशमा यो दिन महत्वपूर्ण छ। नेपाल सरकारले सन् २०१५–२०२५ को दशकलाई एक घर–एक रुख, एक गाउँ–एक वन तथा एक सहर–एक पार्कको नारासँगैै वन दशकको घोषणा गरेको परिवेशमा समेत आजको दिन हाम्रो सहरलाई सुन्दर, सफा अनि हरियो बनाउन सक्दो सहयोग गर्ने वाचा गर्ने दिनकारूपमा समेत महत्व राख्छ।

सन् १९६० मा केवल ३.५ प्रतिशत मात्र नेपाली जनसंख्या सहर केन्द्रित थियो। करिब ५० वर्षको अन्तरालमा अहिले २० प्रतिशतभन्दा अलि बढीनेपालीसहरमा बसोवास गर्छन् । प्रतिशतको हिसाबले केही कम देखिए पनिसन् १९६० मा करिब ३ लाख हाराहारीसहरी जनसंख्या भएको नेपालमा अहिले झन्डै ५६ लाख मानिस सहरमा बसोवास गरेको देखिन्छ। नेपाल विश्वका दश कम सहरी देशभित्र पर्छ, तर चाखलाग्दो कुरो के छ भने नेपाल विश्वका दश प्रमुख राष्ट्रभित्र पर्छ जहाँतीव्र गतिमासहरीकरण हुँदैछ। एक अन्तर्राष्ट्रिय अनुसन्धानले भन्छ, सन् २०१४ देखि २०५० सम्म नेपाल विश्वका प्रमुख दश देशभित्र रहिरहनेछ, जहाँ छिटोछिटो सहरीकरण हुँदैछ।

नेपालका धेरै वर्तमान सहरहरूमा वनको अवस्था राम्रो छैन। सन् २०११ को तथ्यांकअनुसार, काठमाडौँमा कुल क्षेत्रफलको केवल ३ प्रतिशत मात्र वन छ। पोखरा नगरमा १० प्रतिशत छ । हाम्रा धेरैजसो मध्य तराईका सहरहरू त रुखबेगर जस्तै देखिन्छन् । यसले हाम्रो समग्रता देखाउँछ कि, हामीसहरी वनको अवधारणासँग समाहित हुनै सकेनौँ वा चाहेनौँ।

योजना या नीतिगत रूपमा हामी पछाडि छैनौँ। चाहे वन तथा वातावरण मन्त्रालयको एक सहर–एक पार्क, एक घर–एक रुख नीति होस्, या सहरी विकास मन्त्रालयको सहरी विकास रणनीति नै किन नहोस्। हामीले नीतिगत रूपमा लेखेकै छौँ, तर मूल कुरो कार्यान्वयनको हो।

वनस्पति मात्रले हामीले उत्सर्जन गर्नेे जलवायु परिवर्तनको मुख्य कारण मानिँदै आएको कार्बनडाइअक्साइडलाई शोषण तथा भण्डारण गर्न सक्छ। सहरी परिवेशमा यसको उत्सर्जन ग्रामीणभन्दा अत्यधिक हुने तथ्य प्रमाणित नै छ। काठमाडौँ जस्तो सहर, जहाँ धुलो, धुवाँ, वायु तथा जल प्रदूषण प्रमुख मुद्दा रहँदै आएको छ,सहरीवनले धेरै हदसम्म ध्वनि तथा वायु प्रदूषण नियन्त्रण गर्न सक्छ। एक अध्ययनले वनले गर्मी हावालाई ८ डिग्रीसम्म चिसो पार्न सक्ने औँल्याएको छ। त्यसै गरी, जल प्रदूषण न्यूनीकरणमा समेत वनको प्रमुख भूमिका रहन्छ। सहरीवन, सहरमा पाइने चराचुरुंगीका लागि मुख्य वासस्थान हो, जसले सहरी जैविक विविधतामा टेवा पु-याउने मात्र होइन, एउटा स्वस्थ सहरको समेत पहिचान दिन्छ।

दीगो तथा स्वस्थ सहर हामी सबैको स्वास्थ्यसँग जोडिएको र सरोकारको विषय हो । हाम्रो स्वास्थ्यको सरोकार हाम्रो आफ्नै भएजस्तै, हाम्रो स्वस्थ सहरको जिम्मेवारी पनि हाम्रै हो। सहरको स्वस्थता अनि दीगोपन यहाँको हरियालीसँग जोडिएको छ। नेपालको सहरी विकास रणनीतिले परिकल्पना गरेझैँ हरियो सहर बनाउन हाम्रा योजनाहरूलाई एकीकृत गर्दै आवश्यकताअनुसार सहरीवनको विकास, सहरी जैविक विविधताको संरक्षण तथा सार्वजनिक स्थलहरूको निर्माण अपरिहार्य छ। नेपाल सरकार, स्थानीय सरकार, सबै सरोकारवालासँगै आम नागरिक समेतको प्रतिबद्धताबाट नेपालका सहरहरू दीगो तथा हरियालीसहर बन्न सक्छन्। यसका लागि आवश्यक पर्ने अनुसन्धानका कार्यहरूलाई समेत प्राथमिकता दिँदै अनुसन्धानबाट प्राप्त नतिजाहरूलाई योजना तर्जुमाको एक अभिन्न अंगकारूपमा स्वीकार्नुपर्ने आजको आवश्यकतासमेत हो।

आजको दिनले हाम्रा सहरी योजनाकार अनि राजनेतासहित हामी सबैलाई सन्देश दिन सकोस् । हामी हाम्रा सबै सहरहरियो बनाउन सकौँ ।

(लेखक इसिमोडका वरिष्ठ पारिस्थितिकीय प्रणाली विशेषज्ञ हुन्)

Stay current

Stay up to date on what’s happening around the HKH with our most recent publications and find out how you can help by subscribing to our mailing list.

Sign Up
11 Aug 2021 Nepal
What can the past teach us about the future?

Experiences from documenting disaster preparedness of mountain communities in Langtang, Nepal   [caption id="attachment_35078" align="alignnone" width="924"]

Promoting homestays and transboundary tourism circuits in the Kangchenjunga Landscape

Tourism is a priority sector for national and local governments across Bhutan, India, and Nepal in the Kangchenjunga Landscape ...

8 Oct 2021 REEECH
Decentralised renewable energy solutions for food value chains in the Hindu Kush Himalaya

Renewable energy (RE) can significantly contribute to improving livelihoods and wellbeing of mountain communities by bringing efficiency to various livelihood ...

6 Jun 2023 Organic agriculture
Exploring agroecological farming in Karnali, western Nepal

We met Dal Bahadur Kandel, a farmer in Sundwari village, during an ICIMOD/GRAPE team visit to Karnali Province, western Nepal, ...

22 Mar 2022 Water and air
Himalayan springs and groundwater: Making the invisible visible

For Anita Rai, the only source of drinking water is Dokung Dhara – a spring that is an hour’s ...

6 Jan 2023 Nepal
Crafting a disaster risk communication mechanism for Langtang

[caption id="attachment_46845" align="alignnone" width="1024"] Langtang ...