We are ICIMOD, a unique intergovernmental institution leading the global effort to protect the pulse ...
With a vast array of partners, we organize our work in what we call Regional ...
Successful interventions can change lives for the better. We hope that the stories of success ...
1xbet
This site uses cookies, as explained in our terms of use. If you consent, please close this message and continue to use this site.
हिन्दुकुश हिमालयका मानिसहरूको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ज्ञान तथा सिकाइकालागि एक अन्तर्सरकारी केन्द्र हो । हाम्रो मुख्यालय नेपालको काठमाडौँमा अवस्थित छ तथा हामी आफ्ना आठ क्षेत्रीय सदस्य राष्ट्र अफगानिस्तान, चीन, नेपाल, पाकिस्तान, बंगलादेश, भारत, भुटान तथा म्यानमारमा कार्यरत छौँ । हामी हिन्दुकुश हिमालयका महिला, पुरुष तथा बालबालिकाका जीवन तथा जीविकोपार्जनमा सुधार ल्याउन र पर्वतीय वातावरण तथा संस्कृतिको जगेर्ना गर्न कार्यरत छौँ । हामीले उत्पादन गर्ने तथा साझा बनाउने ज्ञानले हामी हिन्दुकुश हिमालयका मानिसहरूलाई अझै जुझारु बनाउन, अवसरको अधिकतम उपयोग गर्न तथा आउँदा परिवर्तनका सापेक्ष तयार रहन सघाउँछ । हाम्रो कामले संरक्षण तथा दिगो पर्वतीय विकासबारे क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउँछ ।
अद्वितीय पर्वतशृंखला र विविध जीवन, मानिस, संस्कृति तथा जैविकविविधता रहेको तथा जल, उर्जा र अन्य प्राकृतिक स्रोतसाधनले धनी हिन्दुकुश हिमालय क्षेत्र विश्वकैलागि अमूल्य सम्पदा हो । यथार्थमा यो क्षेत्र हाम्रो ग्रहको अनन्य ढुकढुकी हो — यस्तो ठाउँ जसबाट हामीले आफ्नो यस जीवन्त विश्वको स्वास्थ्य अवस्था अनुमान गर्न सक्छौँ ।
हाम्रो ग्रहको जिउँदो ढुकढुकी यस हिन्दुकुश हिमालय क्षेत्र अहिले निर्बल भएको छ । हिन्दुकुश हिमालय क्षेत्र अहिले वातावरण क्षय, पर्यावरणले झेल्न नसक्ने गतिमा भैरहेको विकास कार्य, जलवायु परिवर्तनका जटिल असरहरू तथा आर्थिक र सामाजिक अन्यौल आदि विभिन्न कारणबाट खतरामा छ । अध्ययन अनुसन्धानमा एक कदम तथा विकास कार्यमा अर्को कदम राखेर काम गर्दै हामी नीतिनिर्माणमा प्रभाव पार्दै विश्वको सबैभन्दा जटिल क्षेत्रमध्ये एकमा दिगो विकासलाई प्रवर्धन गर्न प्रयत्नरत रहन्छौँ ।
हाम्रो ज्ञान त्यस्तो सम्पदा हो जसलाई सबैबीच बाँड्ने हाम्रो दृढ निश्चय छ । हामी ज्ञान सिर्जना गर्छौँ, समस्याहरूलाई बुझ्ने प्रयत्न गर्छौँ र अध्ययनकार्य सहजीकरण, तथ्यांक उत्पादन तथा उत्तम अभ्यास आदानप्रदान मार्फत सम्भावित समाधान प्रस्तुत गर्दछौँ । हामी सूचना आदानप्रदान गर्छौँ र हिन्दुकुश हिमालय क्षेत्रबारे आफ्नो डाटालाई विश्वव्यापी अध्ययनहरूमा सामेल गर्दै क्षेत्रीय तथा विश्वव्यापी आदानप्रदानकालागि स्थान सिर्जना गर्छौँ ।
हामी जलवायु परिवर्तन तथा वैश्वीकरणजस्ता शक्तिले स्रोतसाधन तथा समुदायहरूलाई जोखिमतर्फ धकेलिरहेका देश तथा संस्कृतिमाझ काम गर्दछौँ । हामी पर्वतीय विषयबारे चेतना अभिवृद्धि गर्छौँ तथा पर्वतका स्वरलाई विश्वव्यापी मञ्चमा बुलन्द गर्छौँ । हामी विभिन्न श्रेणी, संस्था तथा विधामाझ काम गर्दै यस क्षेत्रका राष्ट्रहरूलाई विज्ञान तथा ज्ञानको सेरोफेरोसँग गाँस्दछौँ ।
हिन्दुकुश हिमालय क्षेत्र हाम्रै वरिपरिको संसारको एक लघुरूप हो । यो क्षेत्र जीवन, संस्कृति, सौन्दर्य तथा जैविकविविधतामा समृद्ध छ । तर जलवायु परिवर्तनका प्रभाव यहाँ सन्निकट छन् । हिन्दुकुश हिमालय क्षेत्र धेरै समयदेखि उपेक्षित रहेकोछ तर हामी हिमालय भेगमा वा विश्वको जहाँसुकै भएपनि यस भेगमा जे हुन्छ त्यसको प्रत्यक्ष तथा परोक्ष प्रभाव परिरहेको हुन्छ भन्ने बुझ्नु आवश्यक छ — यहाँ जे हुन्छ त्यसको प्रभाव विश्वभरिमै पर्दछ । हाम्रा पर्वतहरू यस ग्रहकै ढुकढुकी हुन् र यसैलाई जोगाउन हामी यहाँ छौँ ।