Quantcast
Mountains matter for biodiversity

जैविक विविधताका लागि पर्वत महत्त्वपूर्ण छन्

Pema Gyamtsho

4 mins Read

70% Complete

उच्च भेगका सिमसारले विभिन्न थरिका पर्यावरणीय सेवा उपलब्ध गराउँदै स्थानीय जीविकोपार्जनलाई टेवा दिन्छन्, जलप्रवाह संरचनालाई नियमन गर्छन्, कार्बन भण्डारण गर्छन् र हिमालय आरपार गर्ने पशु प्रजातीका लागि वासस्थान उपलब्ध गराउँछन् ।(फोटोः एलेक्स ट्रेडवे / इसिमोड)

पर्वतीय क्षेत्रले हाम्रो ग्रहको स्वास्थ्यस्तरको संकेत दिन्छन् — विश्वका यी उच्चतम भेगमा हुने परिवर्तनले अन्य स्थानहरूमा नदीहरूको बहाव, बालीनालीको उत्पादन र जीविकोपार्जनको यथार्थ निर्धारण गर्छन् । तै पनि यी अत्यन्तै महत्त्वपूर्ण क्षेत्रबारे विश्वभरि नै अमेजन नदी वा ध्र्रुवीय क्षेत्रहरूको दाँजोमा थोरै मात्रै चर्चा हुनेगरेको पाइन्छ । हरेक वर्ष आज कै दिन मनाइने अन्तर्राष्ट्रिय पर्वत दिवस विश्वसामु यी महान, महत्त्वपूर्ण तर उपेक्षित क्षेत्रको सम्मान गर्न आह्वान पनि हो । हाम्रो साझा भविष्यलाई जगेर्ना गर्ने हो भने जलवायुमा भइरहेको तथा अन्य परिवर्तनविरुद्ध हाम्रो लडाई तिनको प्रभाव अत्याधिक बन्ने यो उच्चतम भेग र संवेदनशील क्षेत्रका मोर्चाको रुपमा गर्नुपर्नेछ भन्ने सत्य हामीले आत्मसात गर्नु आवश्यक छ । यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको विषय पनि सटिक छ — “पर्वतीय जैविक विविधता” भन्ने नारामा पर्वतहरूको विशिष्टता तथा महत्ताको संक्षेप सामेल छ । यसले हाल विद्यमान जैविक विविधतामा अत्यन्तै ठूलो ह्रास ल्याउन सक्ने अनेक खतराप्रति पनि ध्यानाकर्षण गर्छ र हाम्रा पर्वतहरू जोगाउन हामीले गर्नुपर्ने साझा प्रयत्नको अवश्यकतामा पनि प्रकाश पार्छ ।

पर्वतमा प्रचुर विविधता

पर्वतीय क्षेत्रहरु यथार्थमा जैविक विविधताका प्रचुर भण्डार हुन् । पर्वतहरूले विश्वको जमीनको २७ प्रतिशत मात्रै ओगटे पनि अन्य स्थानको दाँजोमा यिनमा अत्यन्तै धेरै जैविक विविधता विद्यमान हुन्छ — विशेषगरि कर्कट रेखा र मकर रेखाबीच क्रान्तिवलयमा पर्ने उष्ण भेगका पर्वतमा विश्वकै जैविक विविधतासम्पन्न तर सम्वेदनशिल क्षेत्रमध्ये आधा संख्या अवस्थित छन् । यी क्षेत्रमा पृथ्वीका उभयचर, पंक्षी तथा स्तनधारी चौपायाहरूको ८५ प्रतिशत प्रजाति बसोबास गर्छन् जसमध्ये प्रायः प्रजाति पर्वतीय भेगमा बस्छन् । सबैभन्दा महत्त्वपूर्ण २० खाद्यान्न प्रजातिमध्ये ६ प्रजातिको उत्पत्ति पर्वतीय भेगमा भएको हो । विषम परिस्थिति, उचाई तथा अलग्गपनाका बाबजुद वा त्यसकै कारण पनि पर्वतहरूमा जैविक विविधता मौलाउँछ भन्ने थुप्रै अध्ययनले देखाएका छन् । साथै पर्वतीय क्षेत्रमा उपलब्ध जैविक विविधताहरूले विशिष्ट ज्ञान तथा अनुभवसहितका समुदायलाई आकार दिन्छन् । जैविक विविधतासँगै भाषिक तथा साँस्कृतिक विविधता पनि मौलाउँछन् भन्ने तथ्य पुष्टि भइसकेको छ ।

हरेक अर्थमा जैविक विविधताका लागि पर्वत महत्त्वपूर्ण छन् भन्ने देख्न सक्छौँ । विश्वभरिका पर्वतशृंखलाले जलभण्डारको भूमिका निर्वाह गर्छन्, जलवायु नियमन गर्छन् र नदीप्रवाह क्षेत्रमा विविध जीवन तथा संस्कृतिलाई प्रश्रय दिन्छन् । विश्वको अन्य कुनैपनि पर्वतीय प्रणालीभन्दा बढी हिन्दुकुश हिमालय पर्वतशृंखलाले झन्डै २ अर्ब मानिसलाई पर्यावरणीय सेवा उपलब्ध गराउँछ ।

हिन्दुकुश हिमालयको जैविक विविधता खतरामा

हिन्दुकुश हिमालय जैविक विविधताको गढ हो — यहाँ विभिन्न प्रकृतिका सीमा आरपार जोडिएका अद्भूत जीवन तथा अन्तर्सम्बन्ध अवस्थित छन् । हिन्दुकुश हिमालयको दुर्गम क्षेत्रमा बसोबास गर्ने जनसंख्याको ८५ प्रतिशत मानिस आप्mनो जीविकाका लागि जैविक विविधतामाथि प्रत्यक्ष निर्भर छन् । यो क्षेत्र ३५ हजारभन्दा बढी वनस्पति तथा २०० भन्दा बढी जनावरको उद्गमस्थल हो । अहिलेको घरपालुवा कुखुरासहित थुप्रै जनावर तथा बालीनालीको उद्गम यहीँ भएको हो । र अझैपर्यन्त नयाँ प्रजातिहरू भेटिँदै छन् — पूर्वी हिमालय क्षेत्रमा मात्रै पनि सन् १९९८ देखि २००८ मा हरेक वर्ष औसतमा ३५ नयाँ प्रजाति फेला परेका थिए।

हिन्दुकुश हिमालय क्षेत्र अन्तर्गत ४ विश्वव्यापी जैविक विविधता प्राचुर्यस्थल, ६ युनेस्को प्राकृतिक विश्वसम्पदा स्थल, ३० रामसार स्थल र ३३० महत्त्वपूर्ण पंक्षी तथा जैविक विविधता स्थल पर्दछन् । १ हजारभन्दा धेरै जीवन्त भाषाहरू सहितका विविध संस्कृति तथा यी संस्कृतिसँग गाँसिएका अद्वितीय परम्परागत ज्ञानपद्दतिहरूको वासस्थान यहीँ छ ।

hkh major downstream river basins
चित्रः इसिमोड

 

तर विश्वका सबै पर्यावरण प्रणालीको अत्यधिक दोहन भइरहेको छ र त्यसबाट सिर्जित समस्यालाई जलवायु परिवर्तनले झनै विकराल बनाइरहेको छ । वनजंगल, सिमसार, चरनक्षेत्र तथा पर्वतजस्ता संवेदनशील तथा महत्त्वपूर्ण पर्यावरणप्रणालीको विनाशक्रम बढ्दो छ र प्रजाति तथा तिनको पर्यावरणप्रणाली बीचको जीवन्त सम्बन्धलाई परिवर्तन गरिँदै वा मासिइँदै छ । हिन्दुकुश हिमालय यस मामिलामा अपवाद रहेको छैन । जैविक विविधता नाश तथा भूक्षयीकरणको विद्यमान दर कायम रहने हो भने सन् २२०० सम्ममा भारतीय हिमालय क्षेत्रबाट त्यहाँका रैथानेमध्ये २५ प्रतिशत प्रजाति लोप हुनसक्ने सम्भावना छ । हाल जारी कोभिड महामारीले स्पष्ट देखाए झैँ प्राकृतिक स्रोतसाधनको बेरोकटोक दोहन र वन्यजन्तु वासस्थानमाथिको अतिक्रमणको नतिजा गम्भीर हुनेछन् — यो पशुजन्य रोगले प्रकृतिमाथिको हाम्रो दुव्र्यवहारलाई उदाड्डो बनाइदिएको छ । किनभने अन्य थुप्रै लाभ सँगसँगै स्वस्थ तथा जैविक विविधतासहितका पर्यावरणप्रणालीले हामीलाई महामारीस्तरका पशुजन्य रोगहरूबाट जोगाइ रहेका हुन्छन् । र हिन्दुकुश हिमालय क्षेत्रमा पनि त्यस्ता प्रकोपको सम्भावना रहेकोछ ।

Nature-based tourism
प्रकृतिमाआधारित पर्यटनले उच्च जैविक विविधता भएका क्षेत्रमा जीविकोपार्जनका स्रोत उपलब्ध गराउनुको साथै संरक्षणकार्यलाई प्रोत्साहन पनि दिन सक्छन् । (फोटोः जीतेन्द्र राज बज्राचार्य / इसिमोड)

 

एक संयुक्त स्वर

हिन्दुकुश हिमालय क्षेत्रका समुदायहरूले पर्वतीय जैविक विविधता नाश रोक्न गरेका साझा पहलहरूका थुप्रै उदाहरण छन् । भारतका पर्वतीय क्षेत्रका किसानहरूले बालीनालीको जिनेटिक विविधता संरक्षण गर्न गरेका आदानप्रदान, पुनर्प्रयोग तथा बीज संरक्षणको अभ्यास एउटा त्यस्तो उदाहरण हो । पूर्वी नेपालका समुदायहरूद्वारा हाब्रेको बासस्थान संरक्षण, भुटानमा सारसको हिउँदे वासस्थान संरक्षण, पश्चिम हिमालयका पवित्र वनकुञ्ज संरक्षण तथा भारतको उत्तरी सिक्किममा परम्परागत जुम्सा प्रथामार्फत चरन तथा वनजन्य स्रोतसाधनको व्यवस्थापन आदि पनि रैथाने समुदायहरूद्वारा संरक्षकत्वको अभ्यासका उदाहरण हुन् । हिन्दुकुश हिमालयका देशहरू सन् २०२० सम्ममा आरक्षण तथा अन्य निर्धारित क्षेत्रमा आधारित संरक्षण योजनामार्फत संरक्षण गर्न आह्वान गर्ने आइची टार्गेट ११ प्रति प्रतिबद्ध रहेकाछन् । हिन्दुकुश हिमालय क्षेत्रको करिब ४० प्रतिशत क्षेत्रलाई आरक्षण क्षेत्र घोषणा गरिएको छ र नेपाल तथा भुटानजस्ता देशले क्रमशः २३ दशमलव ३९ प्रतिशत र ५१ दशमलव ४४ प्रतिशत भूभागलाई संरक्षित क्षेत्रअन्तर्गत समेटेर आफ्नो लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेका छन् ।

हिन्दुकुश हिमालय क्षेत्रका समुदाय तथा देशहरूले हाम्रो आफ्नै कल्याणका लागि पर्वत तथा जैविक विविधता संरक्षणमा सहकार्य गर्ने समय आइसकेको छ । विश्वव्यापी महत्त्वका सीमापार भूपरिधिमा यस्ता सहकार्य गरिनु विशेष महत्त्वपूर्ण छ ।
हिन्दुकुश हिमालय क्षेत्रका ८ राष्ट्रले प्रतिबद्धता जनाएका जैविक विविधता महासन्धि र संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनबारे संरचना महासन्धि आदि अन्तर्गतका दिगो विकास लक्ष्य तथा अन्य लक्ष्य प्राप्तिकालागि काम गर्न हामी प्रतिबद्ध छौँ । साथै हाम्रो हिन्दुकुश हिमालय कार्याव्हानको अभियान ५ जैविक विविधता नाश तथा भूक्षयीकरण अन्त्य गर्दै दिगो सेवाप्रवाहका लागि पर्यावरणीय लचिलोपना सुधार गर्नमा केन्द्रि छ । हालैको अत्यन्तै महत्त्वपूर्ण हिन्दुकुश हिमालय क्षेत्र मन्त्रीस्तरीय सम्मेलन तथा घोषणाले कार्याव्हानलाई आत्मसात गर्दै थप ठोस बनाएको छ र यसले विश्वमञ्चमा संयुक्त स्वर प्रस्तुत गर्न तथा जैविक विविधताका लागि सीमापार सहकार्य गर्नका लागि मार्गनिर्माण गर्न सक्नेछ ।

हाम्रा वासस्थान तथा वन्यजन्तु संरक्षणका लागि अब ढिलो गर्न सकिन्न । अन्तर्राष्ट्रिय पर्वत दिवस २०२० को अवसरमा हिन्दुकुश हिमालय क्षेत्रको प्रचुर जैविक विविधता संरक्षणप्रति हाम्रो प्रतिबद्धता फेरी मजबुत गरौँ

सबैलाई अन्तर्राष्ट्रिय पर्वत दिवसको मंगलमय शुभकामना

पेमा ग्याम्चोे

महानिर्देशक
इसिमोड

Download