पूर्र्वीय दर्शनमा मानव–प्रकृति अन्तरसम्बन्ध

   TwitCount
Pilgrimage of Kailash.
Photo credit: Jitendra Bajracharya

सन् १९६२ मा अमेरिकी लेखिका रचेल कार्सनद्वारा लिखित ‘साईलेण्ट स्प्रिड्ड’ (मौन बसन्त) लाई विश्व परिवेशमा मानव सिर्जित कारणबाट वातावरणमा पर्न गएको नकारात्मक असर उजागर गर्ने पहिलो प्रभावशाली बैज्ञानिक पुस्तकको रुपमा लिईन्छ। यो पुस्तकलाई सर्बकालिन २५ सर्बश्रेष्ठ बैज्ञानिक प्रकाशनको रुपमा समेत राखिएको छ। लेखिका कार्सनले उक्त पुस्तकमा किटनाशक औषधिको अत्यधिक प्रयोगबाट समस्त वातावरण तथा मानव स्वयम्लाई पर्न गएको नकारात्मक असरलाई तथ्यपरक तथा बैज्ञानिक आधारमा पुष्ट्याईं गर्दै वातावरण संरक्षणमा सामाजिक आन्दोलनको आवश्यकतालाई अगाडि बढाएकी छिन्।

सन् ६० को दशकमा लेखिएको यस पुस्तकको प्रभाव यतिसम्म प¥यो कि, तत्कालिन निक्सन प्रशासनले सन् १९७० मा अमेरिकी वातावरण संरक्षण निकाय नै गठन गरे। सन् १९७२ मा संयुक्त राष्ट्र संघले स्विडेनको स्टकहोममा पहिलो पटक मानव तथा वातावरण  सम्बन्धी अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना ग¥यो। ‘स्टकहोम कन्फेरेन्स’ को नामले जानिने यो महासम्मेलन नै मानवलाई वातावरणप्रति सचेत भई आत्मसात् गर्न प्रेरित गर्ने पहिलो औपचारिक आग्रह हो, भन्न अनूपयुक्त नहोला। यस महासम्मेलन पछि विश्व समुदायको वातावरण प्रति चासो र सरोकार रह“दै आएको छ। सन् १९७३ मा गान्धीबादी सिद्धान्तबाट प्रेरित भारतको ‘चिप्को’ आन्दोलन होस्, या सन् १९७३ मा नेपालले घोषणा गरेको पहिलो (शाही) चितवन राष्ट्रिय निकुञ्ज होस् त्यसै प्रभावका केहि उदाहरणहरु हुन्।

सन् १९७२ को यात्रालाई निरन्तरता दिंदै संयुक्त राष्ट्र संघले “प्रकृतिसंग हाम्रो सम्बन्ध, रहीरहोस् अनन्त” भन्ने नारा सहित यस वर्षको विश्व वातावरण दिवसलाई अड्डिकार, आत्मसात् तथा कार्यान्वयन गर्न विश्व समुदायलाई आÞवान गरेको छ। यहि सेरोफेरोमा रही, बिशेषगरी पूर्र्वीय दर्शनमा मानव र प्रकृतिसंगको अन्तरसम्बन्धलाई उजागर गर्न खोजिएको छ।   

पूर्र्वीय दर्शन र प्रकृति

बेयर्ड कलिकोट तथा जेम्स मेकरेद्वारा सम्पादित पुस्तक “एसियाली परम्पराको बिचारमा वातावरणीय दर्शन (सन् २०१४)”  मा एसियाली दर्शन, प्रकृति र वातावरण बीचको अन्तरसम्बन्धलाई बडो रोचक रुपमा प्रस्तुत गरिएको छ। हिन्दू र बौद्ध परम्परामा रही आएको अहिंशाको सिद्धान्तलाई जीवजन्तु, रुखबिरुवा तथा समष्टिगत जगतलाई नोक्सानी हुन नदिने नैतिक धरातल प्रदान गरी वातावरणीय नैतिकता देखाउन मानव जातिलाई प्रेरित गरिएको तर्क गरिएको छ। अहिंशाबादी 

गान्धीबाट प्रेरित भई हिमालयको वातावरण संरक्षणको लागि विश्व प्रसिध्द ‘चिप्को’ आन्दोलन भारतमा भएको तथ्यलाई समेत लेखकले समर्थन गरेका छन्।

पूर्र्वीय दर्शनको एक अभिन्न अंग हिन्दू धर्मशास्त्रका बिभिन्न पवित्र ग्रन्थहरु (बेद, पुराण, उपनिषद्) मा मानव र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई जोड दिंदै प्रकृति संरक्षणलाई धर्मको रुपमा ब्याख्या गरिएको छ। बेदमा प्रकृतिका पाँच मुख्य रुप (आकाश, वायु, तेज, पानी र पृथ्वी) लाई पञ्चमहाभूत भनी ब्याख्या गर्दै पृथ्वीलाई जननि संज्ञा दिईएको छ।  “द्यौर्मे पिता जनिता नाभिरत्र बन्धुर्मे माता पृथिवी महीयम्। (ऋग्वेद १ः१६४।३३)”। अर्थात्, आकाश पिता हुन्, बन्धु वातावरण मेरो नाभि हो† अनि, महान् पृथ्वी मेरा आमा हुन् । यसैगरी वनलाई जोगाउन वेदले निर्देशित गरेको पाईन्छ, वनानि नः प्रजहितानि (८ः१ः१३) । पृथिवी मातर्मा हिंसी मा अहं त्वाम् (यजुर्वेद १०ः२३), अर्थात्, पृथ्वीलाई हानी न पु¥याआंै। पद्म पुराणले त, पोखरी, कुवा, सिमसार क्षेत्रको पानी प्रदूषित गर्ने ब्यक्तिलाई नरकबासीको संज्ञा दिएको छ, सुकूपानां तडागानां प्रपानां च परंतप, सरसां चैव भैत्तारो नरा निरयगामिन (पद्म पुराण ९६ः७ः८)।

बैदिक परम्परामा जन्मेदेखि मृत्युसम्म मानव प्रकृतिको सम्बन्धलाई महत्व दिएको पाईन्छ। चाहे कैलाश पर्वतलाई पवित्र भूमिको रुपमा बर्णन गरिएको होस्, या गंगालाई पवित्र नदीको रुपमा। यसैगरी, बिभिन्न रुख, बिरुवा, ढुंगा समेतलाई भगवानको प्रतिमूर्तिको रुपमा बिश्वास गरिएको छ। जस्तो, वर, पिपल, अशोक, चन्दन, बेल, केरा, बैदिक परम्परामा नभई नहुने रुख जाति भित्र पर्छन् भने, कुश, दुबो, तुलसी जस्ता बिरुवा प्रत्येक धार्मिक कार्यको लागि अपरिहार्य छन्। शालिग्रामलाई त भगवान बिष्णुको रुपमा पुजिन्छ।  विशेषगरी, किराँत संस्कार त भूमिलाई नै भगवानको रुपमा पुज्छन्। चाहे, कुलुड्ड राईको अल्लोसंगको सामिप्यता होस् या चेपाड्डको चिउरीसंगको, हाम्रा परम्पराहरु मानव–प्रकृति अन्तरसम्बन्धका द्योतक हुन्।

करीव २५०० वर्ष अघि, भगवान गौतम बुद्धद्वारा प्रतिपादित बौद्ध दर्शन, पूर्र्वीय सभ्यताको एक महत्वपूर्ण जीवन दर्शन हो। बुद्ध दर्शनलाई मानव भन्दा पनि प्रकृति केन्द्रित दर्शनको रुपमा औंल्याईएको छ। मानवलाई सर्बश्रेष्ठ होइन, सबै प्राणीसंगको एउटा प्राणी जसले, अन्य प्राणीको अस्तित्वलाई स्विकार्नु, बुद्ध दर्शनको मूल ध्येय हो। धम्मलाई प्रकृतिको रहष्यको रुपमा ब्याख्या गरिएको छ, जीवनमा अधिकत्तम लाभ लिन धम्मलाई गहरिएर बुझ्न सुझाइएको समेत छ। वन तथा मानवको अन्तरसम्बन्धलाई धम्मपद ९९ मा यसरी चिœाण गरिएको छ, सुखद् वनजंगल, जहा“ साधारण ब्यक्ति समेत प्रसन्न नरही बस्न सक्दैनन्।

यसरी परापूर्वकालदेखि नै, धर्म, संस्कृतिमा आधारित हाम्रो जीवन दर्शनले प्रकृतिसंगको सामिप्यतालाई जोड दिए पनि, औद्योकीकरण, बढ्दो आधुनिकीकरणका साथै भौतिकवादी चिन्तनले हाम्रो सामिप्यता कमजोर ह“ुदैछ। हामीले हाम्रा परम्परा, पूर्र्वीय दर्शन तथा सोचलाई फेरि एकचोटि प्रकृति नजिक पु¥याउनै पर्नेछ। त्यो सोच अनि दर्शन मात्र प्रकृतिसंगको हाम्रो सामिप्यतालाई जीवन्त राख्न सक्छ। महान् बैज्ञानिक अल्बर्ट आईन्स्टाईनले भने जस्तै हेर, ‘अझ गहिरिएर प्रकृतिलाई हेर, तिमीले सबै कुरा बुझ्नेछौ’। नत्र भौतिकबादको उन्मादमा, प्रकृतिसंग हाम्रो सम्बन्ध टाढा मात्र हुने छैन, हाम्रा सन्तति समेत, प्रकृतिबाट प्राप्त सबै खालका सेवा तथा प्राकृतिक जीवन दर्शनबाट बञ्चित हुनेछन् ।

महान दार्शनिक खलिल जिब्रानले भनेका छन्– न बिर्स, पृथ्वी तिम्रो खाली खुट्टाको आनन्द महसुस गर्न आतुर छे, र हावा, तिम्रो लामो कपालसंग खेल्न । जिब्रानको यो सामिप्यता नै, हाम्रो लागि प्रेरणा हुनु पर्छ, र प्रेरणासंगै हाम्रो प्रकृतिप्रतिको कत्र्तब्य पनि। जिम्मेवारी हाम्रो का“धमा छ, हाम्रै लागि र हाम्रा सन्ततिको लागि। हाम्रा परम्परागत ज्ञान अनि अभ्यासहरुलाई दस्तावेजीकरण गरी परम्परागत ज्ञान तथा प्राकृतिक श्रोतमाथि स्थानीयको पहु“च बढाउने, स्थानीय–स्तरमा लाभको सुनिश्चितता, तथा प्रकृति संरक्षणमा योगदान पु¥याउने समुदायलाई प्रोत्साहन तथा सम्मान जस्ता नीतिगत पक्षले हाम्रो प्रकतिसंगको सामिप्यतालाई केहि हदसम्म भए पनि बढाउ“छ। बिशेषगरी, युवा केन्द्रित प्रकृति सामिप्यता कार्यक्रम जस्तै, प्रकृति तर्फ फर्क, भू–परिधी यात्रा, अनुसन्धानमा युवा प्रोत्साहनले युवा पुस्तालाई प्रकृतिसंग सामिप्यता राख्न प्रोत्साहित गर्छ। विद्यालय–स्तरदेखि नै पूर्र्वीय दर्शन तथा परम्परामा आधारित भई प्रयोगात्मक शिक्षा लाभदायक हुन सक्छ। धम्मपदमा उल्लेख छ, सतर्कता, संयम र बुद्धिमानी नियन्त्रणले एउटा टापू निर्माण हुन्छ, जहा“ कुनै खाले बाढीको सम्भावना रह“दैन। यहि, सतर्कता, संयम र बुद्धिमानी नियन्त्रण नै मानव प्रकृति सह–अस्तित्वको निकास हो, जसले प्रकृति संरक्षणमा हामीलाई संधै प्रेरित गरिरहन्छ। 

अन्तमा, रसेल कार्सनले भने जस्तै, जीवनको सम्पूर्णताको लागि बच्चाको जागरुकता र सम्मानले नै उसको आÇनै किसिमको मानवता र बिकास सम्भव छ। त्यसैले, अहिलेदेखि नै बच्चा अनि युवालाई प्रकृतिसंगको सामिप्यता बढाउन सके मात्र उसले भोलि प्रकृतिप्रतिको जिम्मेवारी पूरा गर्न सक्छ। हामीले आफै र आÇना सन्तानलाई यहि बाटोमा डो¥याउ“दै प्रकृतिप्रतिको जिम्मेवारी पूूरा गर्न सके यस वर्षको विश्व वातावरण दिवसको नाराले सार्थक परिणाम दिन सक्छ।